हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

चितवन, २३ कार्तिक । हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ ।

आज दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले बताए ।

लामिछानेकाअनुसार हात्ती चराउन गएका धामीलाई साढे चार वर्षको राजागज नामको भाले हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । हात्ती चराउने क्रममा तर्सिएर भाग्दा हात्तीबाट खसेका धामीलाई हात्तीले कुल्चिनुका साथै दाह्राले हानेको लामिछानेले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको लामिछानेले जानकारी दिए । राजगज हात्ती राष्ट्रिय प्रकृति संरक्षण कोषमा नै जन्मिएर हुर्किएको हात्ती हो । भाले हात्तीको स्वभाव पोथी हात्तीको भन्दा अली आक्रमण हुनेसमेत लामिछानेको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस