बैतडी, २३ कार्तिक । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ग १ ज ५१९२ नम्बरको बोलेरो जीप पल्टिँदा जीप धनी वीरबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उक्त दुर्घटनामा दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका जीप चालक दीपक चन्द घाइते भएका छन । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।