काँग्रेसमा विवाद मिलाउने प्रयास जारी: सभापति देउवा पछि नहट्ने संकेत

काठमाडौँ, २३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठक अघि नै पार्टीभित्र देखिएका विवाद अन्त्य गर्ने गरी छलफल अघि बढाएको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निबास बूढानीलकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिका बिषयमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको र केन्द्रीय समिति बैठक अघि नै सहमति जुटाउने प्रयास हुने नेता गगन थापाले जानकारी दिनुभयो ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा देखिएको विवाद टुंग्याउन आइतबार पनि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने र ठोस निष्कर्षमा पुग्ने थापाले बताउनुभयो ।

सहमतिकै लागि भन्दै केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेलाई सारिएको छ । बैठकमा सहभागी नेताहरुका अनुसार पौडेल समूहले आफूहरुले उठाएको माग कुनै पनि हालतमा पूरा हुनुपर्ने अडान राख्दै आएका छन् भने देउवा समूहले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्