प्रम ओलीको प्रचण्ड–माधव गुटलाई प्रश्नः बाटोमा हिड्दा पनि सचिवालयको बैठक बस्ने हो र ?

काठमाडौँ, २२ कार्तिक । प्रधामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको गुटले बाटोमा हिड्दा पनि सचिवालयको बैठक बस्ने हो भनि प्रश्न गर्नुभएको छ ।

एपीवान टिभीमा अन्तरवार्ता दिँदै उहाँले अध्यक्षद्वयको सल्लाहमा एजेण्डा तयार गरी महासचिवले बैठक डाक्ने विधिलाई लत्याउँदै प्रचण्डले सचिवालयको नाममा गुटगत बैठक चलाई पार्टीलाई फुटको संघारमा पुर्याएको बताउनुभयो ।

प्रचण्ड–माधवको गुटबन्दी पार्टीलाई सखाप गर्ने भएको उल्लेख गर्दै उहाँले अवको नेतृत्व ६० वर्ष कटेका नेताले नभई नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि नेतृत्वदायी कर्ताले पार्टी विभाजनको अवस्था पुग्ने गरी गुटगत गर्न नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘लगभग दुई तिहाई मत प्राप्त गर्ने पार्टी बनाएर आएको छु, मैले पार्टी फुटाउने कुरा हुन्छ ?’

 प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाल प्रचण्डले नै पार्टीमा विवाद गरेर बस्नुभन्दा अलग-अलग बाटो लागौँ भन्ने प्रस्ताव गरेको खुलासा गर्नुभएको छ । प्रचण्डले ओलीसामू आफैँले पार्टी अलग गर्ने प्रस्ताव राखेको भए पनि ओलीले त्यस्तो प्रस्ताव राखेको भन्दै सञ्चार माध्यम मार्फत प्रचार गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रचण्डजीले नै साथीहरूले पनि भन्नुभयो विवाद र झैझमेला गरेर अघि बढ्नुभन्दा अलग अलग बाटौँ लागौँ भनेर प्रस्ताव गर्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, १३ मंसिर । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।  कोरोनाको जोखिम बढ्दै गएको

काठमाडौँ, १३ मंसिर । रुपन्देही, कपिलवस्तु र गोरखा एक-एक गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल

कालीकोट, १३ मंसिर । जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको

रुकुम पश्चिम, १३ मंसिर । आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ