काठमाडौँ, २२ कार्तिक । थप २७ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा २७ सय ५३ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २२ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५५ हजार १ सय २१४ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको छ ।