एउटै जिल्लामा कोरोना सङ्क्रमणबाट ६३ जनाको मृत्यु

नेपालगन्ज, २२ कार्तिक । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जनाको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका १५ का ५९ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै बिहान ५स्२५ बजे मृत्यु भएको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए ।

ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि कात्तिक २० गते साँझ भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उनको भेरी अस्पतालको कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २४ फागुन । बेलायतमा कोरोना संक्रमितको संख्या गत वर्ष सेप्टेम्बर यताकै सबैभन्दा कम भएको  सरकारी तथ्यांकले देखाएको छ ।

जेनेभा, २३ फागुन । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रमअनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य

काठमाडौँ, २३ फागुन । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार

एजेन्सी, २३ फागुन । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021