कलाकार निर्मल शर्मा ‘गैंडा’मा कोरोना संक्रमण

काठमाडौँ, २२ कात्तिक । कलाकार निर्मल शर्मा “गैंडा” कोरोना संक्रमित हुनुभएको छ ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराउनुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “एकदिन सामान्य ज्वरो आएको बाहेक अन्य कुनै लक्षण देखा नपरेपनी आज गरेको पीसीआर टेष्टमा मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु ।”

आफू १४ दिनसम्म पूर्ण रुपमा होम आइसोलेसनमा बस्ने उल्लेख गर्दै उहाँले आफ्नो सम्पर्कमा रहेकालाई लक्षण देखिएको खण्डमा कोरोना परिक्षण गरेर सुरक्षित रहन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक