पटकासहित चार जना पक्राउ

इनरुवा, २२ कार्तिक । सुनसरीको इटहरी उपमहानगरपालिका ८, पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा इनरुवा ९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर २ का २० वर्षीय दिनेश राम, इटहरी १३ का ३० वर्षीय रञ्जिउत सरदार र इटहरी १२ का ३२ वर्षीया शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाका विभिन्नप ठाउँको बजारमा बिक्री गरिरहेको भन्नेअ गोप्य सूचनाका आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको कार्कीले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट प्रहरीले को।२२प ३००२ नम्बरको मोटरसाइकल, को.१ह ७२६० नम्बरको अटो ट्याम्पु, चारवटा बोराभित्र ५६ बन्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतको गुजरातमा पर्ने राजकोट जिल्लास्थित एक काेराेना विशेष अस्पतालमा आगलागी भएको छ । बिहीबार राति भएकाे  आगलागीमा

काठमाडौँ, १२ मंसिर । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले

एजेन्सी, ११ मंसिर । चीनसँगको राजनीतिक तनाव जारी रहेका बेला भारतले ४३ वटा थप चिनियाँ एपहरु बन्द गरिदिने भएको छ

एजेन्सी, ११ मंसिर ।  विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना