थप तीन कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २२ कार्तिक । थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको कलेज अफ मेडिकल साइन्सेस ९पुरानो मेडिकल कलेज० मा ४३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपेन्देहीको तिलोत्तमा नगरपालिका ६ का पुरुष छन् । अस्पतालका अनुसार कार्तिक १४ गते प्रेसर र मिर्गौलाको समस्या भई अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कार्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

कोभिड आईसीयू कक्षमा उपचाररत उनको आज राति साढे १ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।

यता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया महिलाको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी महिलाको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो । कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कार्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएकामा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको

काठमाडौँ, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता