अफिमसहित दुई जना पक्राउ

जाजरकोट, २२ कार्तिक । लागुऔषध अफिमसहित नलगाड नगरपालिकाका दुइईजना पक्राउ परेका छन् ।

प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९, राडीबजारबाट जाजरकोट ८, नलगाडका ४६ वर्षीय मालबहादुर सिंह र वडा ९ का ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवैलाई शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । केही समयअघि नलगाडकै तीनजना पक्राउ परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । थप १७ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २९ हजार

काठमाडौँ, १२ मंसिर । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन अब सुरु हुने बताएकी छन् । आज काठमाडौँमा आयोजित

काठमाडौँ, १२ मंसिर । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी ओलीले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऐतिहासिक प्रमाण तथा तथ्यको आधारमा सीमा समस्या तत्काल