आजको मौसम

काठमाडौँ, २२ कार्तिक । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अरु क्षेत्रको मौसम सामान्यतया बदली हुनेछ ।

पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदलीको सम्भावना देखिएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशभर न्यूनतम तापक्रम घट्दै गएको छ । तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौँको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आफ्ना केन्द्रीय सदस्यलाई अत्यावश्यक कामबाहेक उपत्यकाबाहिर नजान निर्देशन दिएको छ

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसको पदाधिकारीसहितको शीर्षस्थ नेताहरुको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021