एजेन्सी, २१ कार्तिक । इटालीमा पुन: लकडाउन गरिएको छ ।
इटालीको विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले कडा निययहरु लागू गर्ने भएको छ ।
कोराना भाइरसको संक्रमण धेरै भएको इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ । इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा अहिले कोरोनाका कारण बढिरहेको अत्याधिक चाप कम गर्न लकडाउन आवश्यक रहेको जानकारी गराएका थिए । शुक्रबारदेखि सुरु हुने लकडाउन दुई हप्ताको लागि हुने छ । संक्रमणको संख्या कम हुँदै गएमा लकडाउन हटाउन पनि सकिने प्रधानमन्त्री कन्तेले जानकारी गराएका थिए ।
लकडाउनका लागि जारी गरिएका नियम भने इटालीमा पहिलोपटक मार्च महिना लकडाउन हुदाको जस्तै छन्। रेड जोन घोषणा गरिएका प्रदेशहरूमा मानिसहरुलाई बाहिरबाट आउन र आफू बसेको ठाउँ छोडेर निस्कन बन्देज लगाइएको छ । स्वास्थ समस्या, कामको लागि आवश्यकता परेको खण्डमा अनुमति दिइएको भए पनि सेल्फ प्रमाणीकरणको सर्टिफिकेट अनिवार्य गरिएको छ। यो प्रमाणपत्रविना बाहिर निस्कन पाइने छैन ।
लकडाउनको बेला खानपिनका लागि सामान खरिद गर्न शपिङ सेन्टर भने खुल्ला नै रहने छन् । पार्लर खोल्न पनि अनुमति दिइएको छ ।