विष्फोटक पदार्थसहित चार जना भारतीय नागरिक पक्राउ

वीरगञ्ज, २१ कार्तिक । भारतबाट नेपालभित्र्याइएको पटाका प्रहरीले वीरगञ्जमा बरामद गरेको छ ।

रक्सौलबाट विभिन्न किसिमको पटाका खरिद गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको पटाका पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ना.२ ह. ३०४६ नम्बरको अटो रोकी चेकजाँच गर्दा २ वटा प्लाष्टिकको बोरामा विष्फोटक पदार्थ ९पटाका० १०–१० वटा बन्डल, १००० वटा प्याकेट पटाका, ना. २ ह. ३०४६ नम्बरको अटो र साइकल थान–१ सहित बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले वीरगञ्ज–१६ इनर्वा बस्ने २० वर्षीय रञ्जनकुमार साह, भारत बिहारको रक्सौल मौजेटोल २६ वर्षीय राजकुमार गुप्ता, २६ वर्षीय शैलेशकुमार चौरसिया र ३० वर्षीय अखिलेशप्रसाद चौरसियालाई नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ विस्फोटक पदार्थसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको विकासप्रतिको मुर्छित सपनालाई साकार बनाउँदै विभिन्न प्रकारका आयोजनाहरु

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने

धनुषा, ३१ वैशाख । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021