काठमाडौँ, २१ कार्तिक । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार महाशाखाका अनुसार हाल पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।