प्रधानमन्त्री ओलीद्वारा दाहाल र नेपालको भेटलाई ठाडो चुनौती

काठमाडौँ, २० कार्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भएको भेटलाई ठाडो चुनौति दिनुभएको छ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक बसेको समयमा उता पेरिसडाँडामा भने दाहाल र नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई प्रधानमन्त्री ओलीले चुनौति दिनुभएको हो । उहाँले उक्त भेटलाई ‘कोटेश्वरतिरको तानाबाना’को संज्ञा दिनुभएको हो ।

बुधबार प्रधानमन्त्री पदबाट राजीनामा नदिने अडान सार्वजनिक गर्नु भएका प्रधानमन्त्री ओलीले बिहीबार पार्टी भित्रको सन्दर्भमा ‘कोटेश्वरतिरको तानाबाना’ सफल हुन नदिने बताउनुभयो ।

उहाँले सरकार असफल बनाउँदा पार्टी र देश दुवै बलियो नहुने बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘कोटेश्वरतिर अनेक तानावाना बुनिदैछ । तर, त्यो सफल हुन दिइने छैन ।’

मन्त्रिपरिषदको बैक पश्चता कार्यकारी अध्यक्ष तथा प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो । एक घण्टा लामो छलफलमा समेत अध्यक्षद्वय ओलीर दाहाल आ–आफ्नै अडानमा बसेपछि कुनै पनि निष्कर्ष ननिस्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । मन्त्रिपरिषद् बैठकले गरेको २६ वटा महत्वपूर्ण निर्णयहरु सावर्जनिक भएको छ । आज सञ्चार तथा सूचना मन्त्री पार्वत

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गर्ने धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताएका छन

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १४ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल