प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफल सकियो

काठमाडौँ, २० कार्तिक । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज बालुवाटारमा करिब एक घण्टा लामो छलफल भएको सचिवालयले जनाएको छ ।

आजको छलफलमा आन्तरिक विषयमा केन्द्रित भएको बताइएको छ । पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुटेको बुझिएको छ ।

पार्टीका दोस्रो तहका नेताहरुले देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय नै सक्रिय हुनुपर्ने सुझाव र दवाव दिएपछि दुई अध्यक्षबीचको नियमित संवाद पुनः शुरुभएको हो । यसअघि लामो समयसम्म दुई अध्यक्षबीच छलफल र संवाद हुन नसक्दा पार्टीको आन्तरिक विवाद सतहमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ फागुन । थप ८९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १०

काठमाडौँ, २४ फागुन । साबिक एमालेको १ सय २१ सांसद मध्ये ४० प्रतिशत पुग्न ४९ जना सांसद चाहिन्छ तर हाल

काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र

File Photo काठमाडौँ, २४ फागुन । सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकका नेकपा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021