आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, १५ कार्तिक । थप २५ सय ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ७० हजार ७ सय ४३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा २५ सय ८ जनामा कोरोना पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३५७ जना कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मोरङका १३८ जना, चितवन र कास्कीका १०९/१०९ जना, झापा र सुनसरीका ७६/७६ जना, रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७/२७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६/१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९/९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७/७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५/५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३/३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate