ट्राफिक प्रहरी महाशाखाबाट २ हजार ५ सय बढीले लिए अनलाइन सेवा

काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले अघिल्लो महिनाबाट अनलाइन सेवा सञ्चालन गरेको हो । घरबाटै सेवा लिन सेवाग्राही अभ्यस्त हुन थालेका र एक महिनामा दुई हजार ५ सयभन्दा धेरै सेवा प्राप्त गरिसकेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हराएको लाइसेन्स, बिलबुक र अनुमतिको लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक प्रहरी कार्यालयबाट सेवा लिने गरेका थिए । दैनिक झण्डै दुई सय सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा अहिलेसम्म अनलाइनमार्फत एक हजार ३ सय ८४ जनाले लाइसेन्स, एक हजार ६९ जनाले बिलबुक र ४७ जनाले परमिट हराएको भनेर अनलाइनमार्फत निवेदन दर्ता गराएका छन् । 

त्यसमध्ये एक हजार ७ सय १० जनालाई अनलाइनबाटै सिफारिस दिइएको र वाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, दोहोरो निवेदन दिएका ७ सय ९० निवेदन फिर्ता गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate