काठमाडौँ, ८ कात्तिक । आज महाअष्टमी अर्थात् नवरात्रिको आठौं दिन महागौरीको विधि-विधानअनुसार पुजा-अनुष्ठान गरिँदैछ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजाराधना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा साना-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
घटस्थापनाको दिन वैद्धिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा-अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि देवी मन्दिरहरूमा विशेष घुँईचो रहन्छ । तर यसपालि भने काेराेना संकटका कारण मन्दिर र शक्तिपीठहरू प्रायः बन्द रहेका छन् ।
आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाको पूजाअर्चना समेत विधि-विधानअनुसार गरिन्छ ।