काठमाडौँ, ६ कार्तिक । थप ३६ सय ३७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १५ हजार २ सय ५५ जनामा परिक्षण गर्दा ३६ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ३२ सय १५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २ हजार ८ सय २० जना रहेको छ । आज २१ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय १२ जना पुगेको छ ।