कोरोना संक्रमणबाट धादिङमा ३ जनाको निधन

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।

दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो । निमोनिया र दमको समस्या भोगिरहनुभएका श्रेष्ठका दुई छोरा र चार छोरी  छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष रहेका थिए ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसिएल नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए । लोहनी धादिङबाट प्रतिनिधिसभामा निर्वाचित खेम लोहनीका भाइ हुन् ।

मंगलबार मृत्यु भएका बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकाललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले मात्र व्यक्तिगत सुरक्षा सामग्री लगाएर सद्गत गरेका छन् । मृत्युपछि कसैको  कोरोना परीक्षण नगर्ने भनिए पनि निजी  अस्पतालमा उनको कोरोना परीक्षण गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्