राष्ट्रपति भण्डारीद्वारा नयाँ स्वरुप पाएको ऐतिहासिक रानीपोखरीको भव्यताका साथ उद्घाटन

काठमाडौँ, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गर्नुभएको छ ।

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गर्नुभयो । विभिन्न तिर्थस्थलबाट ल्याइएको जल रानीपाखेरीमा हालेर राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको थियो । मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।