सांसद बस्नेतद्वारा निर्माणाधिन ९ वटा आयोजनाको स्थलगत निरिक्षण

भक्तपुर, २ कार्तिक । एक पछि अर्को गर्दै दैनिक रुपमा जनताको मुहारमा विकास र समृद्धिको चमक आउन थालेको छ । आफु र आफ्नो कार्यकर्ताको नजिकमा रहेर हैन, टोल टोल–समाज समाजमा तथा जनताको घर दैलोको नजिकमा पुगी भक्तपुर क्षेत्र नं. २ का निर्वाचित जनप्रतिनिधिहरुको जनताको सारथीको रुपमा स्थापीत हुनुभएको छ ।

निर्वाचनको समयमा नै आफु शासक नभई सेवक भएको उद्घोष गर्दै सामाजिक रुपान्तरणको नेतृत्व गर्दै जनताको दुःख सुखको सहयात्री जस्तै बन्न सफल हुनुभएको जनप्रतिनिधिको रुपमा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापालगायतका जनप्रतिनिधिको नेतृत्वमा विकासको लागि बजेट व्यवस्थापन गर्ने मात्र नभई दिगो, स्थायीत्व तथा निर्धारित समयमा नै निर्माण सम्पन्न गराउनुपर्ने जिम्मेवारी उहाँहरुको काँधमा भक्तपुरका आम जनताले सुम्पदै विकासको नेतृत्व गर्ने भारी बोकाईदिएका छन् ।

विकास निर्माणको लागि भक्तपुरमा करिव ६ अर्ब भन्दा बढी रकमको व्यवस्थापन साथै चार सयभन्दा बढी आयोजनाहरु निर्माण हुने भएका छन् । जसमा कतिपय निर्माण शुरु भइसकेका छन् भने कतिपय निर्माणको चरणमा रहेका छन् । त्यस्तै कतिपय उद्घाटन समेत भइसकेका छनन् । भक्तपुरमा योजना पर्ने मात्र हैन, परेका योजनाहरु समयमा नै निर्माण सम्पन्न हुने एक उदाहरणीय जिल्लाको रुपमा समेत लिने गरिन्छ । दैनिक जसो शिलान्यास र उद्घाटनमा नै व्यस्त हुने जनप्रतिनिधिको रुपमा सांसद बस्नेत र मेयर थापाको पहिचान नै बनिसकेको छ ।

स्थानीय तह, प्रदेश तथा संघको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिले भक्तपुरको विकासमा एक प्रकारको कायापलट नै ल्याउनुभएको छ । विगतका जनप्रतिनिधिका कारण जनताले खासै विकास देख्न नपाएको भक्तपुरमा अहिले एक ठाउँमा उभिएर चारै तिर हेर्यो भने जताततै विकास नै विकास भएको देख्न पाउनेछन् । जुन नेपालकै लागि उदाहरणीय जिल्लाको रुपमा समेत परिचित रहेको छ ।
भक्तपुरमा विकासको नेतृत्व गरिरहनुभएका सांसद बस्नेतले दैनिक १८ घण्टासम्म सामाजिक काममा नै सक्रिय हुनुहुन्छ । आयोजना, बजेटलगायतका व्यवस्थापनका साथ साथै उहाँले निर्माणको गुणस्तरियता तथा स्थायीत्वलाई विशेष ध्यान दिने गर्नुभएको छ । कुनै पनि आयोजना निर्माण शुरु भए पश्चात छड्के अनुगमन गर्दै आवश्यक सुधार गर्न निर्देशन समेत दिनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘आयोजना पार्नु र त्यसको लागि बजेट व्यवस्थापन मात्र सवै थोक हैन । आयोजना निर्माणका क्रममा प्रयोग गरिएका सामाग्रीहरुको गुणस्तरियता, निर्माण प्रयोग गर्ने तरिका, नविनतम प्रविधिको प्रयोग, निर्धारित समयको व्यवस्थापनलगायतका कुराहरुमा जनप्रतिधि, सम्बन्धीत निकाय तथा निर्माण कम्पनीले विशेष चनाखो हुनुपर्छ । सानो लापरवाही भएमा दिर्घकालिन रुपमा त्यसको असर पर्न सक्छ । त्यसैले स्थानीयवासीले समेत आयोजना निर्माणको क्रममा खवरदारीको साथमा दैनिक निरिक्षण गर्नुपर्छ । जसले गर्दा भविष्यमा कुनै पनि समस्या उत्पन्न नहोस् ।’

भक्तपुरको विकास कुरामा नभई परिणाममा रुपान्तरण भएको छ । जनताले देख्ने र प्रयोग गर्ने गरी आयोजनाहरु निर्माणको क्रममा रहेका छन् । ठूला तथा साना गरि सयौं आयोजनाहरु निर्माण भइरहेका छन् । जुन जनताको आवश्यकता र चाहनालाई मध्यनजर गरिएको छ । जनताको विकास प्रतिको लामो समयदेखीको तिर्खा पुरा हुँदै गएको छ । काठमार्डौँ उपत्यकाभित्रै रहेर विकासको बत्तीमुनीको अध्योरोबाट मुक्त हुने क्रममा रहेको छ । पछिल्लो समय भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खाज्ने अवश्या सिजर्ना भएको समेत बताईन्छ ।

यसै क्रममा सांसद बस्नेत तथा मेयर थापालगायतको समुहले विगत केही दिन यता ९ वटा आयोजनाहरुको स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको छ । उक्त क्रममा सांसद बस्नेतले निर्माणमा देखिएका समस्याहरुलाई समाधान गर्न तथा आवश्यक सुझावहरु समेत दिनुभएको छ । निरिक्षणका क्रममा सूनपाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, भक्तपुर सडक डिभिजनका प्रमुख डि। सुमन योगेश, सम्बन्धीत वडाका वडाध्यक्ष तथा स्थानीयवासीद्वारा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य मापदण्डको प्रयोग गरी उल्लेख्य उपस्थिती रहेको थियो ।

१. सूर्यविनायक नगरपालिका वडा नं. १० चितापोलको सल्लाघारी, खड्का गाउँ हुँदै अरनिको राजमार्ग जोड्ने सडक खण्डको सल्लाघारी देखी खड्का गाउँसम्मको सडक ८ मिटर चौडा बाटो विस्तार, स्तरोन्नति र आस्फाल्ट पिच (कालोपत्रे) भैरहेको कामको स्थलगत निरीक्षण,

२. सूर्यविनायक नगरपालिका वडा नं. १ र ४ मा पर्ने ॐ शान्ति चरखण्डी सुयल गाउँ बिरुवा सडक खण्डको चरखण्डीको उकालोबाट सुयलगाउँ सम्मको बाटो ८ मिटर चौडा विस्तार,स्तरोन्नति र कालोपत्रे (आस्फाल्ट पिच) गर्न फाइनल बेस र रोलर भैरहेको कामको स्थलगत अनुगमन,

३. सूर्यविनायक नगरपालिका वडा ४ को हर्स चोकदेखी किवाचोक जाने बाटो सात सय मिटर संगम चोकसम्म कालोपत्रे भइरहेको ठाउँको अनुगमन,

४. सूर्यविनायक नगरपालिका वडा नं. १० चितापोलको वडा कार्यालय भवन निर्माणको तेस्रो तल्ला ढलान निरीक्षण,

५. सूर्यविनायकमा निर्माणको क्रममा रहेको नेपालको पहिलो राष्ट्रिय प्राणी उद्यान केन्द्र क्षेत्रको हाइकिङ्ग गन्तव्यको लागि सूर्यविनायक डाडाको हाइट, मनथली, घ्याम्पेडाडालगायतका क्षेत्रहरुको अनुमगन,

६. सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारको चरखण्डी सुयल गाउँ बिरुवा सडक खण्डको चरखण्डीको उकालोबाट सुयलगाउँसम्मको बाटो ८ मिटर चौडा विस्तार, स्तरोन्नति र कालोपत्रे (आस्फाल्ट पिच) गर्न फाइनल बेस र रोलर भैरहेको कामको स्थलगत अनुगमन,

७. सूर्यविनायक नगरपालिका वडा नं. ७ र ५ को सिमाना हात्तीगौडा खण्डमा फुट्पात सहित ११ मिटर चौडा सडक विस्तार,स्तरोन्नति र कालोपत्रे ९आस्फाल्ट पिच०का लागि भैरहेको कामको अनुगमन,

८. सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलको चख्खु खोलाबाट भट्टराई टोल जाने बाटो १२ मिटर चौडा विस्तार र स्तरोन्नतिको लागि भैरहेको कामको स्थलगत अनुगमन,

९. सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटको मेन सडक खण्डको हिञ्चोक उकालोबाट अलतारा गाम्चा हुँदै अरनीको स्कुल जाने चोकसम्मको सडकमा ढल सहित १० मिटर चौडा बाटो विस्तार, स्तरोन्नति र फुट्पात निर्माण सहित भैरहेको आस्फाल्ट पिच (कालोपत्रे) गर्ने कार्यको स्थलगत निरीक्षण ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।