कृषि विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक : मन्त्री अर्याल

काठमाडौँ, २ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् ।

आज ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को(अपरेटिभ्स इन एसिया एन्ड द प्यासिफिक’को अन्तर्राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापनको आवश्यकता छ । भूउपयोग ऐनमार्फत जमिनको वैज्ञानिक वर्गीकरण र वर्गीकरणअनुसारको भूमिको उपयोगका लागि अगाडि बढेका छौं ।’ कृषि क्षेत्रको विकासका लागि नेपाल सरकारले विभिन्‍न कार्यक्रम सञ्चालनमा ल्याएको भन्दै मन्त्री अर्यालले कृषिमा संलग्न साना किसानको जीवन माथि उठाउन साना किसान कृषि सहकारी संस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन् ।

दिगो विकासको अवधारणाअनुरुप राष्ट्रको समृद्धिका लागि भूमि व्यवस्थापनका नीतिहरु अगाडि सारिएको बताइन् । उनले अनौपचारिक भू-सम्बन्धको अन्त्य गर्दै जीविकोपार्जनको अवस्था र बसोबासको स्थितिका आधारमा जग्गाधनी पुर्जा वितरण गरिनेसमेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।