प्रचण्डले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास भईरहेको छ : प्रम ओली

काठमाडौँ, २ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन् ।

‘एउटै पार्टीका नेताहरुलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो । समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ । उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन । यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।

‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो । खैर केही छैन, हामी दुवै जना बस्छौँ र तपाईंहरुको समस्यालाई समाधान गर्छौं ।’

दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरुसँग छलफल गरेका थिए । शनिबार ओलीले कर्णालीका नेताहरुसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए, तर गएनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा