नेपाल टेलिकम हुम्लामा भिस्याट जडान

हुम्ला, १ कार्तिक । हुम्ला सदरमुकाम सिमीकोटमा रहेको नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ ।

जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट गरिएको छ । सेवा आजदेखि सञ्चालनमा आएको छ ।

हिउँदमा हुम्लीले टेलिफोन सेवाबाट समस्या झेल्नुपरेकाले टेलिकमले त्यस सेवा जडान गरेको नेपाल टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार टेलिकमको रेडियो लिंकले काम नगरेका समयमा अन्य कम्पनीबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो ।

बेलाबेलामा नमस्तेको नेटवर्कले काम नगर्ने भएपछि अन्य वैकल्पिक सेवाका लागि भिस्याट सेवा जडान गरिएको हो । केही दिनअअघि मात्रै सर्केगाड गाउँपालिका वडा नं २ रिप र सिमीकोट गाउँपालिका वडा नं ७ को धारापोरीको बिग्रिएको टावर मर्मत गर्न प्राविधिक टोली काठमाण्डौबाट सिमकोट पुगेको थियो । विगतका वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा एक हप्तादेखि एक महिनासम्म यहाँका नागरिक सञ्चारसेवाबाट वञ्चित थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ

काठमाडौँ, १३ कार्तिक । आइपिएलमा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ ।गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको

एजेन्सी, १२ कार्तिक । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । क्लबमा उनको लामो समयदेखि आलोचना भहिरहेको

काठमाडौँ, १२ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल पराजित भएको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली