लोेटरी परेको भन्दै कल गरेर ठगी गर्ने पक्राउ

दाङ, १ कार्तिक । भारतमा लोटरी परेको छ भन्दै ‘फेक कल’ गरेर दुइ ठगी गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको लमही नगरपालिकाका दुई जना महिलाको ६३ हजार रुपैयाँ ठगी गर्ने रौतहट सुमन झा, सोनालाल ठाकुर र पर्साका राजनारायण चौरासीयालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले लोटरी परेको र ट्याक्स तिनुपर्छ भन्दै पटक पटक ईमो, भाइबरलगायतबाट फोन गरेर आईएमईमा पैसा राख्न लगाएको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरेको परह्रिले जनाएको छ ।

दाङ प्रहरीले रौतहट र पर्सा प्रहरीसँग समन्वय गरेर पक्राउ गरी दाङ ल्याएको र लोटरीका विषयमा कतैबाट फोन आए तत्काल प्रहरीमा खबर गर्न समेत प्रहरीले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ

काठमाडौँ, १३ कार्तिक । आइपिएलमा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ ।गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको

एजेन्सी, १२ कार्तिक । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । क्लबमा उनको लामो समयदेखि आलोचना भहिरहेको

काठमाडौँ, १२ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल पराजित भएको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली