गण्डकीमा थप ३० जनामा कोरोना पुष्टि, एकको मृत्यु

पोखरा, १ कार्तिक । गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा  कोरोना संक्रमितको संख्या ५५७७ पुगेको छ  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी  प्रदेशमा थप भएका नयाँ ३० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गएराति चरक अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दमक, १५ कार्तिक । गुडिरहेको मोटरसाइकलबाट खसेर घाइते भएकी झापा गौरीगन्ज गाउँपालिका ५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारका क्रममा

काठमाडौँ, १५ कार्तिक । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान

कञ्चनपुर, १५ कार्तिक । वन पैदावारसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर

काठमाडौँ, १५ कार्तिक । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट