हाम्रो जनशक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने खतरा: प्रम ओली

काठमाडौँ, १ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवीबाट समृद्धितर्फ अगाडि बढ्न नसके हाम्रो जनशक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनुचित स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने खतरा रहने औंल्याउनुभएको छ ।

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस, २०२० को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दै प्रधानमन्त्री ओलीले हाम्रो जनशक्तिलाई दक्षता तथा सीप पलायनबाट जोगाउँदै स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने फलदायी उद्यमशीलताको बाटोमा अग्रसर हुन सबैमा आह्वान गर्नुभयो । मुलुकलाई गरिवीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सार्थक उत्प्रेरणा यस दिवसले प्रदान गरोस् भन्ने शुभकामना दिनुभएको छ ।

समृद्धिका हरेक पहलकदमीमा अवरोध गर्दै गरिवीलाई आफ्नो अनुचित स्वार्थ सिद्ध गर्ने साधनका रुपमा सधैं दुरुपयोग गर्ने प्रवृत्तिबाट समाजलाई बचाउन सबै सजग रहनु पर्ने उल्लेख गर्दै प्रम ओलीले अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र ब्यवसायको अवसर सिर्जना गर्न अग्रसर रहेको बताउनुभयो ।

‘कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारहरुको पंक्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा छौं । यस अग्रसरताले नेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिवीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘गरिबी निवारण तथा दीगो विकासका लागि योगदान पु¥याउने सम्बन्धित सबै सरकारी निकायहरु, सहकारी क्षेत्र, निजी क्षेत्र, गैर सरकारी संस्थाहरु, नागरिक समाज र विकास साझेदारहरुप्रति धन्यवाद ज्ञापन गर्दछु । कोभिड–१९ को विषम परिस्थिति सामना गर्दै मुलुकलाई गरिवीबाट समृद्धितर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजूट भएर अघि बढ्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा

काठमाडौँ, १५ कार्तिक । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

काठमाडौँ, १५ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण