२२ वर्षीय युवकको कोरोनाबाट मृत्यु

काठमाडौँ, ३० असोज । सुर्खेतमा २२ वर्षीय कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।

गुर्भाकोट नगरपालिका(२ निवासी युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो ।

आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही असोज २८ गते शौचालयमै बेहोस भएका थिए । सुरुमा उनलाई आफन्तले झारफुक गर्न लिएका थिए । त्यसपछि मात्रै देउती अस्पताल लिएका थिए ।

उनको अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो । यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १२ पुगेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ

काठमाडौँ, १३ कार्तिक । आइपिएलमा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ ।गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको

एजेन्सी, १२ कार्तिक । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । क्लबमा उनको लामो समयदेखि आलोचना भहिरहेको

काठमाडौँ, १२ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल पराजित भएको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली