गुण्डा नाइके विकास पुन पक्राउ

घोराही, ३० असोज । गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् ।

चेकिङका क्रममा अभद्र व्यवहार गरेर भागेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पुनलाई घोराही रतनपुरस्थित डेराबाट पक्राउ गरेको हो ।

पुन अहिले प्रहरीको हिरासत कक्षमा छन् । उनलाई यसअघि ज्यान मार्ने उद्योेग अन्तरगतमा मुद्दा चलिरहेको छ । दाङ देउखुरी जिल्ला अदालतले ज्यान मार्ने उद्योेग मुद्दामा ५ वर्ष कैद सजाय तोकेपनि पुनको सर्वोच्चमा मुद्दा चलिरहेको छ ।

प्रहरीमा रहेको पूरानो रेकर्डमा उनी विभिन्न्न आपराधिक घटनामा पक्राउ पर्दै छुट्दै आएका छन् ।
उनलाई थुनुवा कक्षमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा