काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

काठमाडौँ, ३० असोज । उपत्यकामा कोरोना संक्रमितको संख्याको संख्या ४९ हजार ५३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) मा सक्रिय संक्रमितको संख्या १९ हजार ८२७ जना रहेका छन् ।

कोरोनामुक्त हुनेको संख्या भने २९ हजार ४८४ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ जिल्लामा कोरोना संक्रमितको संख्या ४० हजार ७१ जना पुगेका छन् । जसमा संक्रिय संक्रमित १५ हजार ९०१ जना छन् । काठमाडौंमा कोरोना निको हुनेको संख्या २४ हजार १९ जना र कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५१ पुगेको मन्त्रालयले जनाएको छ ।

भक्तपुरमा तीन हजार ९०३ संक्रमित छन् । जसमा संक्रिय संक्रमित एक हजार ३८६ जना छन् भने निको हुनेको संख्या दुई हजार ४८४ जना छन् । मृत्यु हुनेको संख्या भने ३३३ पुगेको छ ।

ललितपुरमा कोरोना संक्रमितको संख्या पाँच हजार ५६४ जना पुगेको छ । निको हुनेको संख्या दुई हजार ९८१ जना छ। यस्तै संक्रिय संक्रमितको संख्या दुई हजार ५४० पुगेको छ भने मृत्यु हुनेको संख्या ४३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला

काठमाडौँ, ८ कार्तिक । स्थानीय तहप्रति नागरिकको चासो र अपेक्षा बढेको छ । स्थानीय नागरिकले सरकारप्रति अनुदानदेखि रोजगारमुखी कार्यक्रमको अपेक्षा

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल