बलात्कार जस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न कठोर कानुन ल्याउने प्रम ओलीको तयारी

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार जस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न कडा (कठोर) कानुन ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिनुभएको छ ।

६५औं नेपाल प्रहरीको स्थापना दिवशको अवसमा नेपाल प्रहरीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पिडितले न्याय पाउने गरी कानुन ल्याउने तयारी सरकारले गरिरहेको उल्लेख गर्दै कानुनी शासन स्थापनाको लागि नेपाल प्रहरीको भुमिका मुलुकको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्नुभयो ।

नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षाको लागि दर्विले र गर्विलो बनाएकोमात्र नभई राज्यको शिर उचो बनाएको उल्लेख गर्दै उहाँले मुलुकका लागि गरेको सेवा गर्नेहरुको सरकारले उच्च मुल्याङ्कन गरिरहेको बताउनुभयो । संक्रमण फैलन नदिन नेपाल प्रहरीले पुर्याएको योगदान अतुलनिय रहेको उल्लेख गर्दै उहाँले मुलुकको समृद्धिको लागि नेपाल प्रहरीले गर्ने सुरक्षाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

प्रविधिको विकासले मानिसलाई आरामदायी बनाएको मात्र नभई दुरुपयोगले विश्वभर आक्रान्त पारिरहेकोले नेपाल प्रहरीले चनाखो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी चुनौतपूर्ण दिनहरुलाई सामना गर्न प्रहरीले सूचना प्राणालीको विकासले गरेको नकरात्मक प्रभावलाई सम्बोधन वर्तमान सन्दर्भमा निकै चुनौतिपूर्ण रहेकोले सचेत भई अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

भ्रम र अफवाह चुनौति बन्दै गएकोले विधिसम्मत ढंगले निस्तेज बनाउने गरि सरकार अगाडी बढेको उल्लेख गर्दै उहाँले हिंसा र अतिवाद परिवर्तनका सत्रुभएको बताउनुभयो । जनतामा सम्पूर्ण अधिकारहरु स्थापीत भइसकेको उल्लेख गर्दै जनता अन्तिम निर्णायक शक्ति भएको बताउनुभयो । अतिवादी सोच तथा क्रियाकलापलाई निस्तेज बनाउनु अहिलेको अवाश्यकता रहेको औंल्याउँदै उहाँले नेपाल सरकार जुसुकै अतिवादको विरुद्धमा कठोर भई अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

सुशासन, पासदर्शिता र विकास जस्ता कुराहरुलाई वर्तमान सरकारको आधारभुत कुराको रुपमा लिई अघि बढेकाले आन्दोलन तथा हिंसाको कुनै पनि गतिविधि गर्न आवश्यक नभएको बताउँदै उहाँले बलात्कार जस्ता अपराधिक घटनाहरु मिलापत्रका नाममा छोप छाप हुन नसक्ने समेत चेतावनी दिनुभयो । अभाव प्रभाव तथा दवापमा नपरी प्रहरीले काम निर्देशन दिँदै उहाँले कोरोनाको कहरमा नागरिकले संम्यमित अपनाउनु अपरिहार्य रहेको बताउनुभो । त्यस्तै नागरिकले कोरोनाबाट भयवित हुने हैन उच्च संजगता हुन समेत आव्हान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक

काठमाडौँ, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले एकतालाई पूर्णता

काठमाडौँ, ६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५५२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ६ कार्तिक । घोडाघोडी नगरपालिकाका उपप्रमुखले वडा कार्यालय हस्तान्तरणको कार्यक्रमस्थलमा नै सिलालेखमा ढुंगाले हानेको थुकेको दृश्य गतहप्ता सामाजिक सञ्जालमा