दसैंमा गाउँ आउने भए पीसीआर रिपोर्ट अनिवार्य

स्याङ्जा, ३० असोज । स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले कडा निर्देशन जारी गरेका छन् ।

स्याङ्‌जामा प्रवेशका लागि ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भनिएको छ । पीसीआर नै अनिवार्य गर्ने स्याङ्जा एकमात्र जिल्ला हो । सीडीओको यो आदेशलाई त्यहाँका प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले पनि समर्थन गरेका छन् ।

सीडीओले जारी गरेको आदेशानुसार ७३ घण्टाभित्रको पीसीआर आवश्यक पर्छ भने जिल्ला भित्रिने राम्दी नाका र कुभिण्डेमा चेकजाँच समेत हुनेछ । पीसीआर रिपोर्ट नदेखाएको हकमा भने १४ दिनको क्वाुरेन्टिन अनिवार्य गरिएको छ ।

यता, पर्वतमा पनि बिहीबार संकट व्यवस्थापन समितिको बैठकले बाह्‌य जिल्लाबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिनको क्वा रेन्टिनमा राख्नुपर्ने निर्णय गरेको छ । स्थानीयस्तरमै यसलाई प्रभावकारी बनाउन वडाध्यक्ष र सदस्यलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।

गत साता नै तनहुँ प्रशासनले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार दसैंमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वाारेन्टिनमा बस्नपर्ने निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्रांगत बरालले हरेक टोलमा अनुगमन समिति बनाएर सक्रिय बनाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।