नवनियुक्त मन्त्रीहरूलाई प्रम ओलीको निर्देशनः ‘नमूना बन्ने गरी काम गर्नुस्’

काठमाडौँ, २९ असोज । नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नमूना बन्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरूलाई बधाई दिनुभयो । प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरूबाट ठूलो आशा राखेको बताउँदै नमूना बन्ने गरी काम गर्न निर्देशन दिनुभएको बताइएको छ । यसैबीच प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्न सबै एक जुट भएर अघि बढ्नुको विकल्प नभएको समेत बताउनुभएको थियो ।

बुधबार भएको मन्त्रीमण्डल पुनर्गठनमा रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ ।

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ९ कार्तिक । सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ, नेपाल संवतलगायतका पर्वहरुको शुभकामना

भक्तपुर, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया

बझाङ, ९ कार्तिक । नेपालीहरुको महान् चाड विजय दशमी (दशैं)मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यागी सत्तारुढ दल नेपाल

काठमाडौँ, ९ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह