स्याङ्जा, २९ असोज । स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।
बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट खस्दा २१ वर्षीय कुल सिंजापतीको दुबै खुट्टा ट्याक्टरले किचेको थियो ।
जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरबाट सहचालक २१ वर्षीय कुल सिंजापती खसेका थिए। खसेपछि उनको दुबै खुट्टा ट्याक्टरले किचेको थियो ।
घाइते उनलाई उपचारको लागि मिसन अस्पताल पाल्पामा उपचारका क्रममा उनको राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
उनको शव सोही अस्पतालमा राखिएको छ । प्रहरीले ट्याक्टर र चालक २२ वर्षीय शिव सोमैलाई नियन्त्रणमा लिएको छ ।