११ थान भरुवा बन्दुकसहित ११ जना पक्राउ

बाग्लुङ, २९ असोज । बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीले देखिपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गर्दा पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं.२ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् ।

बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा