आजको मौसम

काठमाडौँ, २९ असोज । बंगालको खाडीमा बनेर भारतको तेलांगनामाथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका केही क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा भने सामान्यतया सफा रहने भएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब र दशैं खर्च कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार

काठमाडौँ, ५ कात्तिक । नुवाकोटको शिवपुरी गाउँपालिकामा अर्को व्यवस्था नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । विश्वव्यापी रूपमा

काठमाडौँ, ५ कार्तिक । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको

काठमाडौँ, ५ कार्तिक । वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन् । गण्डकी प्रदेशको