सरकारद्वारा १३ अस्पतालका लागी २८ करोड बजेट विनियोजन

काठमाडौँ, २८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ अस्पतालका लागि २८ करोड बजेट विनियोजन गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनकुटा अस्पताल, पाँचथर अस्पताल, सलार्ही अस्पताल, गौर अस्पताल, नुवाकोट अस्पताल, धादिङ् अस्पताल, दमौली अस्पताल, कपिवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल ,कालिकोट अस्पताल र सल्यान अस्पतालका लागि २८ करोड रुपैँया विनियोजन गरिएको छ ।

५२ भेन्टिलेटर र १३० आईसीयूका खरिदका लागि २८ करोड रुपैँया विनियोजन गरिएको प्रवक्ता गौतमले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण