जेलमा कोरोना संक्रमणको उच्च जोखिम

काठमाडौँ, २८ असोज । कैदीबन्दीलाई कोचाकोच राखिएका कारण जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च देखिएको छ। देशभरका जेलमा क्षमताभन्दा ६ हजार कैदीबन्दी बढी रहेको राष्ट्रिय मानवअधिकार आयोगको अनुगमनले देखाएको छ। मुलुकभरका ७० वटा जेलमा २४ हजार १ सय ६३ कैदीबन्दी कोचाकोच रहेको भेटिएको छ ।

आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा बागमती प्रदेश कार्यालयसमेत संलग्न अनुगमन टोलीले यही असोज १५ गतेसम्म अनुगमन गरेको थियो। ५ सय ६२ कैदीबन्दी कोरोना संक्रमित भई उपचाररत रहेको आयोगले जनाएको छ। १ सय ४६ जना कोरोनामुक्त भएका छन् ।

देशभरका जेलमा रहेका कैदीबन्दीमध्ये १ हजार ४ सय ५२ जनामा रुघाखोकी र ज्वरो देखिएपछि पीसीआर परिक्षण गरिएको थियो। तीमध्ये ७ सय ४५ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो। कोरोनाका कारण जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा ६ र बाँकेमा १ जनाको मृत्यु भएको छ ।

सिरहा जेलमा रहेका ४ सय ८६ जनाको उपचार चलिरहेको छ। यस्तै सदरखोर डिल्लीबजारका ३१ र सुनसरीमा २० जना उपचाररत छन्। केन्द्रीय कारागारमा ५९ जना संक्रमणमुक्त भएका छन् भने ३ जना अझै उपचाररत छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकम छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कैलाली, १५ कार्तिक । कैलालीमा २९ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला

काठमाडौँ, १५ कार्तिक । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान

कञ्चनपुर, १५ कार्तिक । वन पैदावारसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर

काठमाडौँ, १५ कार्तिक । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट