क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना पुष्टि

डोटी, २८ असोज । गत सोमबार राति क्वारेन्टिनबाट भागेर घर गएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहका अनुसार भारतबाट आई क्वारेन्टिन बसेका उनीहरुको शनिबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित भेटिएका शाहले जानकारी दिए ।

नतिजा पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारेन्टिनमा राखिएको स्वास्थ्य संयोजक शाहले बताए । घरका सदस्यहरुलाई पनि बाहिर जान नदिने र पाँच दिनपछि उनीहरुको स्वाब संकलन गर्ने निर्णय भएको शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।