एन्टिजेनका आधारमा कोरोना परीक्षण

काठमाडौँ, २८ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेनमा आधारित कोरोना भाइरस (कोभिड–१९) परीक्षण सञ्चालनमा ल्याउन लागेको छ । यसले कोरोनाको परीक्षण तत्कालै गराउन सहयोग पुुग्नेछ । ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ मा चौथो संशोधन गर्दैै यो विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो । यसको अधिकतम मूल्य हाल एक हजार रुपियाँ तोकिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले एन्टिजेनको किट तथा रिएजेन्ट स्वास्थ्य सेवा विभागबाट स्वीकृति प्राप्त हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको प्रयोगशालाले मात्रै यो परीक्षण गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो । प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोके बमोजिमको ‘बायोसेफ्टी क्याबिनेट’ तथा अन्य सुरक्षा विधि पालना गर्नुपर्ने बताउनुभयो ।

परीक्षणमा पोजेटिभ आएमा परीक्षण गर्ने प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र व्यक्ति स्वयंलाई जानकारी गराउनुपर्नेछ भने रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई मात्रै जानकारी गर्नुपर्नेछ । एन्टिजेनको नतिजा केही मिनेटमै आउने गर्छ । यो समाचार आजको गोरापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना

जनकपुर, १३ कार्तिक । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम

काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले

काठमाडौँ, १३ कार्तिक । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका