कर्णालीमा अविश्वासको प्रस्ताव अघि नबढाउन नेता नेम्वाङको सुझाव

काठमाडौँ, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाव दिएका छन् ।

अविश्वासको प्रस्तावको नेतृत्व गरिरहेका प्रदेश सभा सदस्य यामलाल कँडेललाई टेलिफोनमार्फत उक्त सुझाव दिएका हुन् ।

अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रियाबारे आफूलाई सोधनी भएको र सो क्रममा उक्त प्रस्ताव अगाडि नबढाउन सुझाव दिएको नेम्वाङले बताएका छन् । नदेखिनुपर्ने समस्या देखिइसकेपछि चाँडो समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी गरेको र चाँडै समाधान निस्किने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै कर्णालीमा ल्याइएको अविश्वासको प्रस्तावलाई राजनीतिक अराजकता भनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको

बुटवल, ५ कार्तिक । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा

काठमाडौँ, ५ कार्तिक । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, ५ कार्तिक  । दशैंको आज पाँचौ दिन हो । आज शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको