पाँच वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने पक्राउ

लहान, २७ असोज । पाँच वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गर्ने खोज्ने सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । दसैँ बिदापछि आज पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से परिसूचक

काठमाडौँ, १२ कार्तिक । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैँ

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

ओखलढुङ्गा, १० कार्तिक । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका पैसाले