आज राजधानीका यी स्थानमा काटिनेछ विद्युत्

काठमाडौँ, २७ असोज । नेपाल विद्युत् प्राधिकरणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा आज बिहान ६.३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो ।

प्राधिरकणका अनुसार टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिने छ । यस्तै टेकु वंशीमार्फत सुकुम्बासी टोल जाने बाटोसम्म, कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ् हुँदै हनुमन्त भीसेनस्थान, परोपरकार, रामघाट, शान्ति निकेतन स्कूल, मरुहिटी, ढोकाटोल, नरदेवी अस्पताल अगाडिसम्म विद्युत् काटिनेछ ।

यस्तै क्षेत्रपाटीचोक, जैशीदेवल, ज्यावबहाल, चिकमुग¬ङ्ल, भीमसेनस्थान फिडरअन्तर्गत अन्डरग्राउण्ड हुँदै टेकु नेशनल टे«डिङको बाहिरपट्टि काठमाडौँ विजनेशपार्क हुँदै १२ नं वडा कार्यालय, ब्रम्हटोल, जैशीटेवल चोक, ज्यावहाललगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले तोकिएको समयअगावै तोकिएको कार्य सकिएको खण्डमा विद्युत् पुनः सञ्चालनमा आउन सक्ने सूचना अधिकृत अर्यालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक

काठमाडौँ, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले एकतालाई पूर्णता

काठमाडौँ, ६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५५२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ६ कार्तिक । घोडाघोडी नगरपालिकाका उपप्रमुखले वडा कार्यालय हस्तान्तरणको कार्यक्रमस्थलमा नै सिलालेखमा ढुंगाले हानेको थुकेको दृश्य गतहप्ता सामाजिक सञ्जालमा