जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि स्थायी कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु

काठमाडौँ, २७ असोज । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि एकैपटक स्थायी कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु भएको छ । यसअघि करार कर्मचारीबाट नै तत्काल रेल सेवा सञ्चालन गर्न कर्मचारी भर्नाका लागि सूचना गरिएको थियो ।

रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सेवालाई स्थायी रूपमा सञ्चालन गर्न अन्ततः स्थायी कर्मचारी नै चाहिने भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

उनले भने, “छ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको थियो तर करार अवधि समाप्त भएपछि पुनः कर्मचारीलाई भर्ना गर्नै पर्ने अवस्था तथा करारको अवधि समाप्त भएपछि जागिर छोड्न नचाहने र हटाइएको खण्डमा विभिन्न झन्झट हुने भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना गर्न लागिएको हो ।”

करार प्रक्रियाबाट कर्मचारी भर्ना गर्दा विभिन्न किसिमको टीकाटिप्पणीसमेत आउन सक्ने भएकाले कर्मचारी भर्नालाई विवादरहित बनाउन तथा रेल्वे सञ्चालनलाई स्थायित्व प्रदान गर्न एकैपटक स्थायी कर्मचारी भर्ना गरिन लागिएको उनले स्पष्ट पारे ।

यसअघि नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म ३२ हजार ६८६ जनाले आवेदन दिएका थिए । दरखास्त दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

काठमाडौँ, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै