पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौँ, २६ असोज । पछिल्लो २४ घण्टामा  कोरोनाबाट थप ९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सुनसरीका ३७, ८९ र ९० वर्षीय तीन पुरुष, काठमाडौँकी ७१ वर्षीय एक महिला र ६३ र ६७ वर्षीय दुई पुरुष, ललितपुरका ५० वर्षीय एक पुरुष, चितवनकी ४० वर्षीय एक महिला र रुपन्देहीका ७४ वर्षीय एक पुरुषको निधन भएको छ ।

थप ४ हजार ४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ११ हजार ८ सय २ जना पुगेको छ ।

पालमा सक्रिय संक्रमितको संख्या  ३३ हजार ८ सय ८० सय जना रहेको छ । मन्त्रालयका अनुसार आज १४ सय ७३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७७ हजार २ सय ७७ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ११ असार । मुलुकका ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले सोमबार आगामी आर्थिक वर्ष ०८१/८२ को

काठमाडौँ, १० असार । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार