ट्रक पल्टिँदा एकजनाको मृत्यु

सुनसरी, २६ असोज । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-१ खोनिया पुलस्थित सडकमा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

आइतबार राति ना.५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा पहिचान खुल्न नसकेकी ट्रकमा सवार करिब ३८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक सुनसरी लालपुर-४ बस्ने ३२ वर्षीय अनुप चौधरीको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि विराटनगर न्यूरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक

काठमाडौँ, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले एकतालाई पूर्णता

काठमाडौँ, ६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५५२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ६ कार्तिक । घोडाघोडी नगरपालिकाका उपप्रमुखले वडा कार्यालय हस्तान्तरणको कार्यक्रमस्थलमा नै सिलालेखमा ढुंगाले हानेको थुकेको दृश्य गतहप्ता सामाजिक सञ्जालमा