अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल सकियो

काठमाडौँ, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको छलफल सकिएको छ ।

कर्णालीमा देखापरेको समस्या पन्छाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिहान ९ बजेदेखि बालुवाटारमा छलफलमा बसेका थिए । छलफल निचोडमा पुग्‍न नसकेको बालुावाटारनिकट स्रोतले जानकारी दियो ।

स्रोतले भन्यो, “आजको भेटमा सकारात्मक निष्कर्ष निष्कन सकेन । प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। स्थायी कमिटी बैठकको मर्म, भावना, सचिवालय बैठकको म्यान्डेटअनुसार समाधान होस् भनेर आग्रह गर्नुभएको छ ।”

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध पार्टीकै १८ जना सांसदले हस्ताक्षर संकलनका साथै अविश्वासको प्रस्ताव समेत प्रदेश संसद सचिवालयमा दर्ता गराएपछि विवादमा रुमलिँदै आएको नेकपाभित्र विवादको अर्को तरंग पैदा भएको छ ।

पूर्वएमालेतर्फका यामलाल कँडेल, चन्द्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अमरबहादुर थापा, सुशीलकुमार थापा, मीना रखाल, दानबहादुर परियार, पदम रोकाया, पद्मा खड्का, कौशिलावती खत्री, खड्कबहादुर खत्री, बहमीक्यादी बोहरा र देवी ओली अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचीमा छन् । पूर्वमाओवादी केन्द्रका पुष्पा घर्ती, राजु नेपाली, धर्मराज रेग्मी र डम्बरबहादुर विष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, १४ कार्तिक । आज सुनको मूल्य घटेको छ भने चाँदी मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १४ कार्तिक । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १३ कार्तिक । विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको