काभ्रेमा एक हजार एकजनामा कोरोना पुष्टि

काभ्रे, २६ असोज । काभ्रेमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ ।

हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड(१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टले जनाएको छ ।

आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष छन् । काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भइसकेको पोस्टका सदस्य(सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा। नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्‍क छ ।

काभ्रेमा पछिल्लो केही दिनदेखि दैनिक सरदर ३० को संख्यामा संक्रमित थपिँदै गएको तथ्यांकले देखाएको छ । आइतबार ४३ जनामा कोरोना सङ्क्रमण देखियो भने शनिबार १८, शुक्रबार ४३ तथा बिहीबार २३ जनामा सङ्क्रमण देखिएको छ । एकै दिन काभ्रेमा ७९ जनामा सङ्क्रमण देखिएको थियो । “काभ्रेमा हाल सरदर दैनिक ३० को हाराहारिमा संक्रमणदर देखिएको छ,” डा। झाले भने ।
पोस्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३० महिला र ८० पुरुष अस्पताल आइसोलेसन र १२० महिला र १६९ पुरुष होम आइसोलेसनमा उपचाररत छन् । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

यसैबीच काभ्रेका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एकजना पुरुषमा संक्रमण देखिएको छ । हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११९, पनौतीमा ३१, पाँचखालमा ३९, नमोबुद्धमा २७, मन्डनदेउपुरमा नौ, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १०, महाभारत गाउँपालिकामा तीनजना छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, ४ कार्तिक । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना गम्भीर

काठमाडौँ, ४ कार्तिक । दाङ्, सुनसरी र रुपन्देहीमा गरी थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दाङ देउखुरी घर भएका ४३

भक्तपुर, ४ कार्तिक । महानगरीय प्रहरी वृत्त ठिमीले सन्चालन गरेको ‘अपरेसन रिचार्ज कार्ड’ अभियानबाट चोरीका चार मोटरसाइकलसहित एकै दिन ३

दाङ, ४ कार्तिक । दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ ।